दफा १७
ट्रेडमार्क को दर्ताको निमित्त दरखास्त
: (१) आफ्नो बन्द व्यापार वा कारोबारको ट्रेडमार्क  दफा १८  बमोजिम दर्ता गराउन चाहने व्यक्तिले सो ट्रेडमार्कको ४ प्रति नमूना सहित अनुसूची– १(ग)  बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्तिले आफ्नो दरखास्तका साथै अनुसूची–३( ३) को (क) मा तोकिएबमोजिमको दरखास्त दस्तुर विभागमा बुझाउनु पर्छ ।